५ असोज, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेका टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लागेको छ ।

समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई गोल बेहोर्नु परेको हो।

हङकङसँग आज नेपाल तीन टिम मात्र सम्मिलित समूहमा खेल्दैछन्‌ ।

एसियन कपमा छनोट भएर विजेता कायम राख्‍नकोलागी विजयी प्राप्‍ती खेलको प्रस्‍तुती जरुरी छ।

विजेता भएको समुह मात्र अर्को वर्ष एसियन कपमा छनोट हुने भएकोले आजको खेल नेपालको लागी महत्‍वपूर्ण रहेको छ ।

३२ वर्षको अन्‍तराल पछी नेपाल राष्ट्रिय महिला फुटबल टिम हङकङसँग खेल्न लागेको हो । हङकङमा भएको सन् १९८६ मा एफसी वुमेन्स च्याम्पियनसिप मार्फत नेपाली महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । जहाँ पहिलो खेलमै नेपाल हङकङसँग १-० ले पराजित भएको थियो ।

त्यसको तीन वर्षपछि सन् १९८९ मा भएको एसियन च्याम्पियनसिपमा पनि नेपाल हङकङसँग ३-० ले पराजित भएको थियो । त्यसको ३२ वर्षपछि यी दुई टोली आमने-सामने हुन लागेका हुन् ।

मंगलबार उज्वेकिस्तानको तास्केन्दस्थित जेएआर रंगशालामा भेट हुँदा हङकङ पुरानै नतिजा दोहोर्‍याउने लक्ष्यमा हुनेछ भने पहिलो पटक हङकङलाई हराउन चाहन्छ । खेल नेपाली समयअनुसार ३:४५ बजे सुरु हुनेछ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर