काठमाडौं/शेखर किराती/
नेपाली गीत संगीत क्षेत्रको ‘द भ्वाईस अफ नेपाल’को पाचौं संस्करणमा सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाँउपालिका वडा नंं. ९ का टिम उदय सोताङबाट प्रतिनिधित्व गर्दै उत्कृष्ठ आठको प्रतिस्पर्धीको रुपमा कुमार प्रयास राईलाई साथ सहयोग गर्ने उदेश्यले सोलुखुम्बु सेवा समाज काठमाडौं संस्थाबाट हार्दिक बधाई ज्ञापन गरियो । साथै पाचौँ संस्करणको उपाधी चुम्न अग्रिम जितको शुभकामना दिइएको कुरा सोलुखुम्बु सेवा समाजका अध्यक्ष सन्तोष राईले हिमालयन टाईकुनलाई जानकारी गराउनुभयो । अध्यक्ष राईका अनुुुसार अहिल्लेसम्मको ठूलो रियालिटी सोमा सोलुखुम्बु जिल्लाबाट सगरमाथाको सिर उच्च हुने भएकोले विभिन्न संघसंस्थाहरु र व्यक्तिहरुलाई सहयोगको अपिल सहित चाबहिलको राई रेष्टुरेण्ट एण्ड क्याफेमा कुमार प्रयाससगँ भेटघाट कार्यक्रम राखिएको थियो । रेष्टुुरेण्टका संचालक दिप राईका अनुसार “कुमार प्रयास राई जिताउ अभियान” संचालन गर्ने कुरा हिमालयन टाईकुनलाई बताउनु भयोे । राईका अनुसार आउने शनिबारको उत्कृष्ट आठको अन्तिम नतिजा घोषणापछि प्रयाससहित सबैको भोटिङ लाईन खुल्ला हुनेछ । प्रयासलाई जिताउन देश तथा विदेशमा रहनुभएका नेपाली गीत संगीतप्रेमी सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक अपिल गरिएको कुरा समाजका महासचिव शेखर किरातीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर