काठमाडौं /शेखर किराती
बाहिङ किरात युव संगठनको नौं बार्षिक साधारण सभाको उपलक्ष्यमा खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० माघ २७ र २८ गते दुई दिने कार्यक्रममा जम्मा १८ टिमको टिम दर्ता भएको छ । पुरुषतर्फ १२ टिम र महिला महिलातर्फ ६ टिम भएको कुरा कार्यक्रम संयोजक तथा बाहिङ किरात युवा संगठनका केन्द्रीय सदस्य दिप राईले हिमालयन टाईकुनलाई जानकारी गराउनु भयो ।
राईका अनुुसार खेल अन्तराष्ट्रि नियम अनुसार नकआउट खेलाईएको कुरा बताउनु भयो । उहाँका अनुसार पुरुष तर्फ ए.बी.सी.डी पोल गरि टिम सेट गरेर खेलाईएको थियो जस्मा पहिलो खेल बाहिङ किरात युवा संगठनको आयोजक टिमसगँ ऐसेलुर्खको खेल भएको थियो भने दोस्रो खेलमा नबज्योति चुप्लु र थुलुङ दुधकोशीको भएको थियो त्यसै गरि सी पोलमा आदिवासी किरात महासंघ र राई रेष्टुरेण्ट एण्ड क्यफेको भने डी पोलमा किरात कुलुङ बिद्यार्थी संघ र राई रेष्टुरेण्ट ऐ सँग खेल भएको थियो भने डी पोलमा लाहुरे टिम खोटाङसँग ओखलढुङ्गा चिशंखुगढी गरि जम्मा १० टिमको खेल गराईएको थियो । त्यसमध्ये ऐसेलुर्खक,थुलुङ दुधकोशी,आदिवासी किरात महासंघ, कुलुङ विद्यार्थी युवा संघ र खोटाङ लाहुरे टिम क्वाटर फाइनलमा गएको छन् भने अरु पाँच टिम नकआउट भएको छन् । यसै गरि महिलातर्फ उरीहाक्यो एजुकेशन सेन्टर चावहिल र किरात महासंघ क्वाटर फाईनलमा गएको छ भने भोली सेमिफाइनलको लागि आजको विजेता टिमहरु फाइनलको लागि भिडने छन , साथै खेल भोली बिहानको आठ बजेबाट सुरु हुने कुरा संयोजक तथा सभाध्यक्ष दिप राईले बताउनु भयो ।