शेखर किराती /काठमाडौं
नेकपा (एकीकृत समाजवादी) राई सघंको काठमाडौं भेलामा ११ सदस्यीय कमीटि निर्वाचन गरिएको छ । उक्त भेलाको अध्यक्षतामा पूर्व संविधान सभा सदस्य तथा महासंघ बागमती कमीटिको अध्यक्ष राजाराम स्याङतान, नेपाल आदिवासी जनजाती महासंको अध्यक्ष पासाङ शेर्पा तथा नेकपा (एकीकृत समाजवादी)को सम्माननिय नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट नयाँ कमिटीहरुलाई खादा लगाई नयाँ कार्यकालको शुभकामना दिनुभएको कुरा राई संघको महासचिव देव कुमार राईले हिमालयन टाईकुनलाइृ बताउनु भयो ।
नेपाल किरात राई संघ (समाजवादी)को उक्त भेलामा नयाँ कमिटीको अध्यक्षमा ध्रुव राई, उपाध्यक्षमा टिकाराम राई, कोषाध्यक्ष सुस्मिता राई, सचिव डमबर राई, सह– सचिव सनम राई, सदस्य प्रवेश राई, सदस्य मन्दिप राई, सदस्य रमेश राई रहेका छन् । यसरी समाजवादमा जाति र जनजातिलाई एकतावद्ध गरि नेकपा –एकीकृत समाजवादी)लाई समाजवादको शक्तिमा बदल्नको लागि निर्णयक शक्ति आदिवासी जनजाती महासंघभित्रको राई संघ पनि एक अभिन्न शक्ति हो भन्न सकिन्छ ।