शेखर किराती
काठमाडौं बाहिङ/बायुङ समुदायको “बाहिङ भाषा, संस्कार संस्कृति र मैलिक परम्परा बचाऊँ” नाराका साथ दुई  दशक अगाडि देखि सोलुखुम्बु,ओखलढुङ,पाँचथर,इलाम,झापा, मोरङ, खोटाङ, संखुवासभा गरि विभिन्न पूर्वीभेगमा बसोबास गरि आफ्नो भाषा संस्कार बचाउको निम्ति समुदायलाई एक रुपता ल्याउने उदेश्यकासाथ बाहिङ किरात मुलुखिम संस्था स्थापना भएको थियो । यसै संस्थाले स्थापनाकाल देखि नै बाहिङ/बायुङ समुदायको निम्ति मर्दा पर्दा र आफ्नो संस्कार संस्कृति बचाऊँको लागि तुम्लो यालो गर्नको निमित्त केहि समय अगाडि देखि नै बाहिङ समुदायको लागि सामुहिक सारिखिम बनाउनको लागि जग्गा किन्ने निर्णय भएको थियो र त्यसै निर्णयलाई मध्यनजर गर्दै यही मिति २०८० साल माघ १२ गते भक्तपुर जिल्ला सिमाना क्षेत्रमा रहेको काभ्रे जिल्ला पनौति वडा नं. १ फलामै डाँडामा रहेको ६ रोपनी १३ आना जग्गा लिन सफल भएको कुरा संस्थाका महासचिव धिरेन सुस्तोचा र संस्थाको कोषाध्यक्ष कृष्ण कुमार राईले हिमालयन टाईकुनलाई जानकारी गराउनु भयो ।
बाहिङका अनुसार जग्गा रोपनीको पन्ध्रलाख पच्चीस हजारको दरले ६ रोपनी जग्गा लिएको कुरा यसै बाहिङ किरात मुलुखिमका अध्यक्ष भूपराज बाहिङले जानकारी गराउनु भयो । बाहिङका अनुसार समुदायको पहिचान बोक्ने संग्राहलय, समुदायका बृद्धाहरुको आश्रम स्थल सहितको संस्कृतिक धरोहर संरक्षण गर्ने उदेश्यले जग्गा खरिद प्रकृया आगाडी बढाईएकोले नेपाल लगायत देश विदेशमा छरिएर रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा यहाँहरुको महत्वपूर्ण सहयोग आवश्यक भएकोले आफ्नो भावि सन्तानको सांस्कृति संरक्षणका खातिर अमुल्य आर्थिक दान दिई यस अभियानलाई सफल पारि पूण्य प्राप्त गरि इतिहासमा स्वर्ण अक्षरले शिलालेखमा नाम उल्लेख गर्न सबैमा हार्दिक अनुरोध समेत गरेको जानकारी हिमालयन टाईकुनलाई दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर