सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका वडा नं १० अवलमा अवस्थित ऐतिहासिक ढुंग्रेगढी संरक्षण गर्न आवश्यक देखिएको छ ।
अंग्रेज फौजसगँ लडाइ सुरुवात भएको किल्ला भएपनि वर्तमान समयमा यसको संरचना भग्नाअवशेषमा परिणत भएको छ । नेपाली र अंग्रेज पक्षबीचमा भिडन्त हँुदा अंग्रेजको गोली लागेको निशाना ढुंगामा समेत देख्न सकिन्छ । समुन्द्रीसतहबाट करिब ९ सय मिटरको उचाईमा ढुंग्रेडाँडाको टाकुरामा यस गढी अवस्थित छ । तिब्बत जाने छोटो र मुख्य नाका भएकोले अंग्रेज शासनको कुटनीतिअनुसार ढुंग्रेगढीतर्फ अंग्रेज फौज अघि बढेको हुनसक्ने समाजसेवी तथा शिक्षक नेत्र ल्हयो मगरले बताए । पुरात्तात्विक सम्पदाको संरक्षण गर्न आवश्यक भएतापनि राजनितीक खिचातानि र दुरदर्शिताको अभावले कुनै पनि संरक्षण कार्य द्रुत गतिमा अघि बढन नसकेको कुरा मगरले स्पष्ट पारे ।
सिन्धुली गढीको सुरुवात यही गढीबाट भएको कुरा स्थानिय जनसमुदायले बताउने गरेका छन् । गोर्खाली फौजले ढुंगामुढांको प्रयोग गरी ईष्ट इन्डीया कम्पनिको किनलक नेतृत्वको फौजलाई सयांै संख्यामा मारेको इतिहासमा पढ्न सकिन्छ । हातहतिहार र गोला बारुदले सजिएको शक्तिशाली अंग्रेज फौजलाई पराजित गरेबाट गोर्खालीको इतिहास बलियो भएर गएको थियो । गढी इलाकामा पच्चिस वर्ष अघिसम्म त्रिशुल सि माला लगायत विभिन्न सामाग्रीहरु पाईने गरिन्थ्यो । स्थानिय नरेन्द्र ल्हयोका अनुुसार गढी परिसरमा उत्खन्न कार्य गर्दा पुराना धराने ईटा धेरै पाईने कुरा बताए । बाईसे चौबिसे राज्यको विस्तारका क्रममा भुरे टाकुरे राज्यको शासन गर्ने क्षेत्रको रुपमासमेत यस गढीलाई लिन सकिन्छ ।
पर्यटकीय आकर्षण हुनसक्ने भएतापनि स्थानिय जनताको वेवास्था र चेतना अभावको कारण देखिने किसिमको संरक्षण कार्य हुन सकेको छैन् ।
समाजसेवी नेत्र ल्हयो मगरको नेतृत्वमा तीनपाटन गाउंपालिकाका ५ लाख बजेटमा गढी वरिपरि काँढेतारबार लगाई घेरा हालिएको छ । तीनपाटन गा.पाको गाउँसभाबाट पारित नौ लाख बजेटबाट नब्बे हजार घनमिटर क्षमताको खानेपानी ट्याङकी र एउटा सार्वजनिक शौचालयको निर्माण सम्पन्न भईसकेको छ । आर्थिक वर्ष २०७७÷०७८ को तीनपाटन गा. पा वडा नं १० को वडापालिकाबाट तीन लाख रुपैयाँ ढुंग्रेगढी क्षेत्रको समग्र विकासको लागि छुटाईएको छ ।
जनकल्याण सामुदायिक वन उपभोक्ता समितिको २१९ हेक्टर क्षेत्रफलमा फैलिएको गढीको संरक्षण र विकास गर्न सात लाख रुपैयाँमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकिएको छ । ठुलोगढी, सानोगढी, आँड र टँुडिखेलको संरचना हिजो आज वरिपरि ईटा र ढुंगाको स– साना टुक्रा मात्र पाउन सकिन्छ । गढी आसपासमा ६० घर जति विभिन्न सम्प्रदायहरुको वसोबास रहेको भएतापनि स्थानिय सरकारको वेवास्थाको कारण ऐतिहासिक ढं
ुग्रे गढी नाममात्रको हुने सम्भावना बढेर गएको छ ।
गौचरणबाट पयर्टकिय स्थल बनाउन गाउँपालिकाको आठ करोड साठी लाख रुपैयाँमा भ्युटावर निर्माण विस्तृत परियोजना प्रतिवेदन समेत तयार भईसकेको छ । ऐतिहासिक नेपाल एकिकरणको सन्र्दभमा समेत यस गढीको महत्व पाईएकोले गढी संरक्षण गर्न केन्द्रीय सरकार, प्रदेश सरकार, तीनपाटन गाउँपालिका वडा नं १० वडापालिका, स्थानिय जनता र सरोकारवाला सबै निकाय र क्षेत्रका व्यक्तिहरुको योगदान अपरिहार्य रहेको छ । अहिलेसम्म नगन्य मात्रामा पत्रकारहरुको टोली गढीको सम्बन्धमा अध्ययन गर्न आएका भएतापनि पुरातात्वविद एवम् अनुुसन्धानकर्ताहरुलाई जानकारी नभएकोले गढी गुम्नाम अवस्थामा पुगेको छ । चुरेभावर क्षेत्रको दुधैली नगरपालिका, कमलाखोच र तीनपाटन गा. पाको संगम स्थल भएकोले आन्तरिक तथा वाह्य पर्यटकहरु संरक्षण पछिको संरचना अवलोकनको लागि आउने प्रचुर सम्भावना छ । त्यसकारण स्थानिय जनताको आम्दानीको स्रोत समेत बढने हँुदा जागरुक भई यस गढीको सबैखाले सञ्चार माध्यमबाट प्रचारप्रसार गर्न अनिवार्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर