काडमाडौं/ नेपालीहरुको महान चाड वडा दशै नजिकिदै आईपुग्दा नेपालको विभिन्न स्थानहरुमा पूर्व पश्चिम सबैतिर पहिरोका कारण बाटो अबरोध भएको अबस्थामा पूर्वको विभिन्न स्थानमा पुग्नको लागि काभ्रेको भकुन्डेबेँसीबाट तिमाल खैरेनीहुँदै भध्यपहाडी लोकमार्ग भएर बीपी राजमार्ग निस्कने अर्को छोटो दुरीको वैकल्पिक सडक संचालनमा आएको छ । भकुन्डेबेंसीबाट काभ्रेको तिमाल खैरेनी भएर सित्खासम्म पुग्न करिब ३५ किलोमिटर रहेको जानकारी हिमालयन टाईकुनलाई प्राप्त भएको छ । यसैगरि धुलीखेलबाट भकुन्डेबेसी २५ किलोमिटर, भकुन्डेबेसीबाट सित्खा ३५ किलोमिटर गरी करिबन ६० किलोमिटरको बाटो सुनकोसी गाँउपालिका –३ को बीपी राजमार्गमा जोडिन्छ ।
काभ्रेको तिमाल हुँदै खुर्कोट पुग्न लगभग ५९ किलोमिटर भएको जानकारी बाटो अबरोध भएपछि सोहीबाटो प्रयोग गरि हिड्ने मोटरसाईकल चालकले हिमालयन टाईकुनलाई जानकारी दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर