काठमाडौं/ बाहिङ किरात युवा संगठनले आयोजना गरेको २०८० माघ २७ र २८ गते खुल्ला महिला तथा पुरुष मैत्रीपूर्ण भलिबल प्रतियोगितामा जम्मा १८ टिमको टिम दर्ता भएको थियो जसमा पुरुषतर्फ १२ टिम र महिला तर्फको ६ टिमको उपिस्थतिमा पूरुष तर्फको प्रथम विजेता आदिवासी किरात महासंघ र महिला तर्फको विजेता खोटाङ भलिबल क्लबले जित हात पारेको थियो भने दोस्रो विजेता पूरुष तर्फको ऐसेलुखर्क र महिला तर्फको किरात महासंघले हात पारेको थियो भने तेस्रो राशि बिजेता पुरुषतर्फ ओखलढुङ्गा मानेभञ्ज्याङ र महिलातर्फ उरी हाक्यो एजुकेशनले हात पारेको थियो । यसैगरि आयोजकलाई बाहिङ किरात मुलुखिमले र बाहिङ किरात कोरिया शाखा युवा संगठन तथा मुलुखिम कोरिया शाखा,दन्तपुर डेन्टल, मुनस्काई कन्सलटेन्सी, सनसाईन गेष्ट हाउस,पूर्वेली गेष्ट हाउस, झापाली मिट शपले प्रायोजन गरि सहयोग गरेको थियो । यसैगरि बाहिङ किरात युवा संगठनले बाहिङ पहिचानको लागि टिर्सट समेत बिक्री गरेको थियो ।
बाहिङ पहिचान झल्कने लोगो सहित बाहिङ पहिचानको चाम्फुरीको छाप राखि भेष्ट समेत इन्सटलमा राखिएको थियो । बाहिङ संगठनले बाहिङ किरात समुदायको मितव्ययित हुने र युवा पुस्तालाई खेल जिवनमा नयाँ आयम थप्ने खालको खेल खेलाइएको कुरा कार्यक्रमको प्रमुख अतिथि तथा किरात महासंघका अध्यक्ष एवम् बाहिङ किरात मुलुखिमको महासचिव धिरेन सुस्तोचा बाहिङले बताउनु भयो । बाहिङ युवाको केन्द्रीय सदस्य तथा कार्यक्रमको सभाध्यक्ष रहनु भएको राई रेष्टुरेण्ट एण्ड क्याफेका संचालक रहनु भएको दिप राईले कार्यक्रमलाई समापन गर्नु भएको कुरा हिमालयन टाईकुनलाई जानकारी दिनु भयो ।