समय थियो २०५९साल तिरको माओबादिको विगबिगी के गर्ने पढाई मेरो राम्रो थियो । म साधारण परिवारमा हुर्केको कक्षा ८ मा पढ्दै गरेको थिए पेशाले मेरो बुवा नेपाल आर्मीमा कार्यरत काठमाडौं छाउनीमा “ आमासगँ रुकुममा बस्ने म” एक दिन म पढाई गर्ने विधालयमा १५ जनाको बटालियनबाट हाम्रो कक्षाकोठामा सरले पढाइरहनु भएको बेला गुड मर्निङ सबै कम्रेटहरुमा भन्दै कक्षाकोठामा छिरे सरले सामाजिकमा नेपालको बारेमा भएको एकिकरणको विषयमा पढाउदै हुनुहुन्थो र पाठ नै रोक्नु भयो । यसै समयमा यो कक्षाकोठाको प्रथम विधार्थी को हो भन्दा पछाडी बसेको मेरो साथीले मेरो नाम लिदै रणवीर हो भन्यो । म केहि बोल्न सकिन् र आँहा ल नाम र मान्छे ठिकछ भनेर मलाई त्यहाँबाट जबरजस्ती हामीसँग जानुपर्छ भनेर मलाई फकाई फुलाई गाँउ छोडन् बाध्य बनाए । म उनीहरुसँग हिडे उनीहरुले सिकाएको ट्रेन्ङि गरे कल्कलाउदो जोवान १४ बर्षको वालक लाहुरे लाग्दा भर्ती भईहाल्ने जस्तो ज्यान थियो । होला त्यस्तै भएर म ४० जनाको ग्रुप चलाउन सक्ने क्षमता भएको व्यक्ति भएको रैछु एक वर्षमा नभन्दै मलाई २०६० सालमा रोल्पा पठाईयो एउटा आर्मी व्यारेक तोड्न मईले हुन्छ भनेर त्यो आफ्नो गन्तव्यतिर लागे  पुसको जाडोको महिना अ‍ैशीको रातमा राति १२ बजे आर्मी व्यारेक तोड्ने निर्णयले मेरो टोलीलाई चारै दिशाबाट खटाए र युद्ध सुरु भने नभन्दै सुरु भयो युद्ध ५०० जनाको आर्मी फैजीको हुलमा मेरो टोलीले जम्मा २० मिनेट मात्र टिक्यो र म आफैलाई दाहिने गोडामा गोली लाग्यो र मलाई मेरो पछि बाकि रहेका साथिले उठाएर भगाउन सफल भएछन् ।

समयले त्यपछि एक वर्ष सम्म म कसैको घरमा बसे र घाँउ त निको भयो खुट्टा निको भएको छैन अहिल्यै जम्मा १८ वर्ष भयो न म घरको आफन्तसँग बोल्न पाए न म मेरो जन्म दिने आमा बाबुलाई नै भेट्न पाएको छु । सरकारले मेरो कुनै जिउदो सहिद भनेर मलाई कुनै सुको आएन यो देशलाई दिएको बलिदान , जिवनको कुनै मुल्या नै भएन नेता सबै नेता भए पार्टी एकता भयो प्रचण्ड,बाबुराम कता गए बादल आकाशमा उडी गए । यो जिउदो शहिदले आफ्नो परिवार आमा बुवा गुमायो आज यो वृद्धा आश्रममा मेरो आशुका धारा बगिरहेछन् यो पिडा कस्ले थाहा पायो म बाच्नु प¥यो बैशाखीको भरमा देश डुब्यो MCC को भरमा ।
संघर्ष विरही  बाहिङ राई
यो कुनै वास्तविक हैन् कसैको जिवनमा मेल खान गएमा दुःख नमान्नु होला ।

प्रतिक्रिया

सम्बन्धित खवर