नेपाली अर्थतन्त्रको मुख्य आधार जीवन निर्वाहमुखी कृषि पेशा हो । यहाँको मुख्य उत्पादनहरुमा धान,मकै,कोदो,जौँ,गहँु र सागसाजी हुन् । देशको मैदानी तथा तराई क्षेत्रमा उद्योगधन्दाहरुको स्थापना कम भएकोले कृषि कार्य गरिन्छ । उच्च हिमाली क्षेत्रमा भने खेतीपातीसहित पशुपालन व्यावसाय पनि गरिन्छ । धेरैको घरमा खसीबाख्रा र कुखुरा पालिएको हुन्छ तर नेपालको हिमाली क्षेत्रमा चरिचरण ठाउँको लागि पर्याप्त व्यावस्था हुन नसक्ने हुँदा केही परिवारहरुले सानो संख्यामा गाई,भैसी र याक चौरीहरु पाल्ने गर्दछन् ।
नेपाल विश्वको सबैभन्दा गरीब राट्रमध्ये पर्दछ । भूपरिवेष्ठित राष्ट्र, विकासका पूर्वाधारहरुको कमी , सामन्ती भूमि व्यवस्था,भ्रष्टाचार,प्राृितिक स्रोत साधनको कमी र कठिन भौगोलिक संरचनाले गर्दा देशको अर्थतन्त्रको सूचक खासै राम्रो अवस्थामा छैन । देश आफ्नो खुट्टामा उभिन नसकेकोले विदशी सहयोगको आशमा बजेट तयार गर्नुपर्ने हुन्छ । त्यस माथि प्राप्त अनुदान पनि आवश्यक समुदाय र क्षेत्रमा खर्च गरिदैन् । शहर केन्द्रित र मध्यम वर्गीय परिवारले मात्र जागिर पाउने त्यस्ता परियोजनाले जनताको जीवनस्तर उठ्न सकेको छैन ।
विकासका गतिविधिहरु सञ्चालन गर्न प्रचुर सम्भावना र अवसरहरु भए तापिनि सरकारी क्षेत्रको बेवास्ता र राजनीतिक नेतृत्वको दूरदर्शिताको अभावकोकारण प्रत्येक नेपालीको भागमा ऋृणको भारी छ । देशमा कलकारखानाहरु कम स्थापना भएकोले विदेशबाट सामान आयत गर्दा नेपाली मुद्रा बहिरिदा व्यापार घाटा बढेर गएको छ । वनजंगल,जलस्रोत र खनिजन्य प्राकृतिक स्रोत नेपालमा प्रशस्त भए पनि दिर्घाकालीन प्रयोगको नीति अबलम्बन गरिएको छैन । नेपालको वर्तमान अर्थव्यसस्थामा सुधार गर्न प्राचीन कृषि प्रणलीबाट आधुनिक वैज्ञानिक प्रणलीतर्फ अग्रसर हुनु जरुरी छ । अर्थतन्त्र समृद्धि बनाउन सरकारी,निजी,सहकारी क्षेत्रलगायत सरोकारवाला सबै क्षेत्र र व्यक्तिले योगदान दिन आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर