
काठमाडौं -नव निर्वाचित महानगरपालिकाको प्रमुख बालेन्द्र शाहले काठमाडौं नगरबासिहरुको लागी विश्वकै सुन्दर र उत्कृष्ट देश बनाउने घोषण गर्नु भएको छ । बिहिबार भएको विजय जुलुससँगै शाहले राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख शाहले नागरिकको आशाअनुरुप शहरको मुहार फेर्ने बताएका हुन्। ुआगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिक सामु गरिएको वाचालाई इमान्दारिताकासाथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछुु, उनले भने।
बिहान ९ बजे काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बधाई दिएसँगै उनी आफ्नो समर्थकसँग विजय र्यालीसहित शहर परिक्रमा गरिरहेका छन्। सभागृहबाट सुरु भएको र्याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडीबुटी, पेप्सीकोला हुँदै पुनःतीनकुनेहुँदै सिनामङ्गल, एयरपोर्ट, तीलगङ्गा, गौशाला, चाबहिल, महाराजगञ्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सीतापाइला, कलङ्की, बल्खु, कुलेश्वर, कालीमाटी टेकु, त्रिपुरेश्वर र सुन्धारा हँदै खुलामञ्च पुगेर धन्यवादसभामा परिणत हुनेछ।


