
सोलुखुम्बुको नेचा सल्यान गा.पा. वडा नं. १ अन्तरगत पर्ने एक मनोहर ठाउँ आले डाँडामा भएको २०७७ सालको प्रथम ग्याल्पो ल्होसार सम्पन्न ।
संस्कार र संस्कृतिको सम्वद्धनको लागी आफ्नो भाषा संस्कृतिको जर्गेना गर्नको लागी सोलुखुम्बु र ओखलडढुङगाको चिसंखुगढी गा.पा. मा बसोबास गर्नै ४५० धर धुरी रहेको शेर्पा समुदायको आफ्नो मातृभाषा,भेषभुषा लगायत विभिन्न संस्कृतिहरु लोप हुन नदिनको लागी सोलुखुम्बु हिमाली शेर्पा संस्कृतक समाज र ओखलढुङगा चिसंखुगढीले दुई दिने कार्यक्रम सम्पन्न गरिएको कुरा हिमालयन शेर्पा संघका सल्लाहाकार तथा कार्यक्रम संयोजक मिङमार सार्की शेर्पाले जानकारी दिनुभयो ।
२१४८ प्रथम ग्याल्पो ल्होसार कार्यक्रम गर्नका लागी दुई महिना अगाडि देखिनै आफ्नो मौलिक कला संस्कृति जर्गेना गर्नका लागी नेचा सल्यानमा प्रशिक्षण तालिम दिनको लागी आङफुरी शेर्पा ( ओखलढुङगा) काजी शेर्पा (सोलुखुम्बु) का गरी प्रशिक्षण तालिम समेत दिएको नेचासल्यान ईकाइका लक्की शेर्पाले जानकारी दिनुभयो ।
यस कार्यक्रमा सहभागी भई आफ्नो प्रतियोगितामा आफ्नो प्रतिभा देखाउने जम्मा ७ टिमको उपस्थिति थियो ति मध्ये लेब्लु शेर्वी किदुग प्रथम ,सिमखर्क शेर्वी किदुग द्धितिय र बुद्धिष्ट एकता शेर्वी किदुग तृतिया भई आयोजकबाट संस्कार अनुसार बेहुलीको टोपी,चम्मर बेहुलाको टोपी वितरण गरियो साथै नेपाल शेर्पा संघको केन्द्रीय अध्यक्षको व्यक्तिगत तर्फबाट प्रथमलाई २५,०००÷हजार,१५,०००÷हजार १०,०००÷ हजार गरि नगद पुरस्कार समेत प्रदान गरिएको हिमाली शेर्पा सांस्कृतिका सल्लाहाकार मिङमार सार्की शेर्पाले जानकारि दिनुभयो ।
यस कार्यक्रमलाई सोभा बढाइ दिनको लागी ख्याति प्राप्त विभिन्न कलाहारहरुको आफ्नो जोडदार प्रस्तुतिले ओखलढुङगा,सोलखुम्बु र खोटाङ्गका दर्शकलाई झुमाईदिनु भयो ।
१. हरिश निरौला(ककरोज) हास्यकलाकार
२. दाव के शेर्पा(गायक) (६) अनुषा राई
३. आङ तेन्जी शेर्पा (७) दौलत राई
४. सुस्मा राई (८) मनराज राई
५. बिनु गुरुङ्ग (९) लाक्पा तेन्जी शेर्पा
१०. राजकुमार कार्की


