प्रायः धेरै नेपालीहरुले दिनमा दुईपटक खाना खान्छन् । मध्यबिहान र सम्साँझमा गरी दुईपटक खाने प्रचलन रहेको छ । खानामा दाल, भात र तरकारीलाई मुख्य मेनुको रुपमा लिइन्छ । यसको साथै खानामा खसी,राँगा,बङ्गुर,कुखु्रा र टर्कीको मासुलाई पनि ईच्छाअनुुसार भान्सामा तयार गरिन्छ । जुनसुकै प्रकारको खानाको परिकारमा सागसब्जी र फलफुलबाट बनेको अचारलाई पनि समावेश गरिन्छ । उच्च हिमाली क्षेत्रहरुमा जहाँ धानको खेती हुदैन त्यहाँ कोदो र मकैको पिठोको ढिंडो खाने चलन छ । गुन्द्रुकको अचार त नेपाली ब्रान्ड नै भइसकेको छ ।

जुन ठाँउमा गहँुको प्रशस्त उत्पादन हुन्छ त्यस ठाँउमा भातको सट्टामा रोटी तरकारीलाई पूरक खानाको रुपमा ग्रहण गरिन्छ । पाहुना र परिवारका सबै सदस्यहरु धानको परालबाट बनेको गुन्द्री वा मान्द्रोमा पलेटी कसेर प्लेट र थालमा खानाको परिकार राखी खाने गर्दछन् । पछिल्लो समयमा आधुनिकीकरण र औद्योगिकरणले पश्चिमी संस्कृतिका भाडाकुँडाहरु प्रयोग गर्न थालिएको छ । नेपालीहरु जुनसुकै परिकार भए तापनि हातले खान रुचाउँछन् ।

नेपालमा खाने पिउने प्रणाली जातजाति अनुसार फरक छ । केही बौद्ध धर्म र हिन्दुधर्म मान्ने नेपालीले मद्यपान पनि गर्दैनन् र माछामासु पनि खाँदैनन् । अन्य समुदायका मानिसले भने मद्यपान पनि गर्दछन् र बङ्गुर राँगाका विभिन्न मिष्ठान्न भोजन लिने गर्दछन् । उच्च घरानाका व्यक्तिले भने अनौठो ठाँउमा बनेको खाना खाजा खान हिच्किचाउँछन् । घर बाहिर होटेल रेस्टुरेन्टमा गई परिवारै विभिन्न विदेशी परिकारहरु स्वीकार गर्ने अवस्था बढ्दै छ । पार्टी प्यालेसहरुमा भोज भतेर आयोजना गर्ने रमाईलो नाचगानका कार्यक्रमहरु गर्ने र रीतिरिवाजका धेरै प्रकृयाहरु सम्पन्न गर्ने कार्यको थालनी भएको छ ।
विवाह र जीवनका महत्पूर्ण अन्य क्रियाकलापहरु गर्नुपर्दा बन्धुबान्धव र अथितिहरुलाई निम्तो गर्ने प्रथा यद्यपि जारी छ । त्यसरी निम्ताईएका पाहुनालाई गुन्द्रीमा राखी साल अथवा भोर्लाको पातको टपरीमा खाना दिने प्राचिन पद्धती अझै गाँउघरमा परिचित छ । बारी, खेत र आँगनमा जहाँ भएपनि अथितिहरुलाई लाईनमा राखी जलपानसमेत गराईन्छ । बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र भएकाले नेपालमा विभिन्न जातिय समूह अनुसार खानपिन संस्कृति र स्वाद फरक फरक छ । विषाणुमुक्त मौलिक परिकार खाने नेपालीमा हिजो आज पश्चिमी परिकारहरु पिज्जा र बर्गरमा मन भुल्न थालेको छ । यसकारण हाम्रो शुद्ध नेपाली परिकार र दुग्धजन्य विशेष उत्पादनहरुको बजारीकरण अनिवार्य छ भन्दा सहज होला ।

 

प्रतिक्रिया

सम्बन्धित खवर