११ असोज, मकवानपुर । बागमती प्रदेशलाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणा गरिएका छन्‌ । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा बागमतीलाई मुख्यमन्त्री साक्षर प्रदेश घोषणा गरेकी हुन् ।

साक्षर अभियानलाई सृजनात्मक रुपले शिक्षित रुपमा अगाडि बढाउनुपर्ने मुख्यमन्त्री शाक्यले बताइन्‌ । हाल बागमती प्रदेश पूर्ण साक्षर नभए पनि आगामी दिनमा भने स्थानीय तह, जिल्ला समन्वय समिति गरी प्रदेशलाई पूर्ण रुपमा साक्षर बनाउने   मुख्यमन्त्री शाक्यको भनाइ छ ।

मुख्यमन्त्री शाक्यले घोषणामा कार्यन्‍वयन हुन बाँकी भएपनी उक्त काम भने समस्‍यरहित बनाउने उनको दाबि रहेको छ ।  जिल्लास्तरका सबै निकाय साक्षर अभियानमा लाग्नुपर्नेमा उनको जोड रहेको छ ।

बागमती प्रदेश हेटौँडाका निर्देशन चन्द्रप्रसाद लुइँटेलका अनुसार प्रदेशका १५ देखि ६० वर्षबीचका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भइसकेकाले अब छिट्टै यस अभियानलाई पुर्णता बागमतीलाई साक्षर प्रदेश घोषणा गरिने  उनको दाबी छ ।यसैगरी अब भने साक्षर बनाउनकोलागी १५ वर्ष मुनि र ६० वर्षमाथिका नागरिकहरू र कार्यलाई तीव्रताका साथ पहल गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर