
१० असोज, काठमाडौ / पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरी निको हुनेको दर १२७९ जना रहेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालय अनुसार कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या १२७९ जाना भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ जना रहेका छन् । जसमध्ये १२० जना भेन्टिलेटरमा उपचाररत् छन् । १७ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६८ जना आईसीयूमा रहेका छन्।



साथै बितेको २४ घण्टामा १३ हजार ७३६ जनामा कोरोना परीक्षण भएको थियो । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ९ जनाको मृत्यु भएको पुष्टि भएको छ् ।
यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६ पुगेको छ । यस्तै कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९१ हजार ३९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९० हजार ५४७ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ६१ हजार १५४ जना निको भएका छन् ।