७ असोज, काठमाडौं/ वर्षाका कारण विभिन्‍न ठाउँमा अवरुद्ध सडकहरुलाई सक्‍दो तत्काल खुलाउना नेपाल यातायत व्‍यवसायी राष्‍ट्रिय महासङ्‍घले माग गरेको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ ।

बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढी हुने जनाउँदै  महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यात्रुलाई सहज रूपमा गन्तव्यस्थलसम्म पुर्‍याउन अवरुद्ध राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गरेका हुन् ।निरन्तर वर्षाका कारण उपत्यका बाहिर जाने मुख्य राजमार्ग र ग्रामीण सडकहरु अवरुद्ध हुँदा सवारी सञ्चालनमा समस्या भएकोले चाडपर्व नजिकिए सँगै यात्रु आउने जानेको संख्‍या बढी हुने भएकोले यो जरुरी माग गारेका हुन्‌ ।

महासङ्घका अनुसार अवरुद्ध सडक दुईतर्फी सञ्चालन नहुँदा दशैँका लागि अग्रिम टिकट बुकिङ खोल्न समस्या हुने जानकारी दिए । महासङ्घले  राजमार्गमा एकतर्फी सञ्चालनमा आएका सवारी साधनलाई दुईतर्फी रूपमा सञ्चालनको व्यवस्था मिलाउनसमेत माग सरकारसँग भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर