
५ असोज, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित गत मङ्गलबार सेती नदीमा खसेर बेपत्ता युवतीको शव एक सातापछी भेटिएको छ ।
सेती नदीमा टिकटक बनाउने क्रममा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी एक युवती आज अर्थात एक साता पछी मृत अवस्थामा फेला परेकी हुन् । मृतक १९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।



स्थानीयवासीले सेती नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव नजिकका आफन्तले पहिचान गरेका छन् । प्रहरी नायब उपरीक्षक तिमिल्सिनाका अनुसार ‘शव पिक्षणका लागि दमौली अस्पताल लगिएको छ ।
विवाह भएको पाँच दिनमा माइत आएकी उनी साथीहरुसँग घुम्ने क्रममा रक गार्डेनमा पुगेकी थिइन् । सोही क्रममा साथीहरुले उनको भिडिओ खिचेका थिए । ‘पवित्रा नजा न नजा’ भनी बोलाएको आवाज भिडियोमा सार्वजनिक भएको थियो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।