
५ असोज, काठमाडौँ- सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिइएको मुद्दाको आज सुनुवाइ हुने भएको छ।
प्राधिकरणको निर्देशकबाट हटाइएका हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणको इजलासमा पेसी तोकिएको हो ।



ऊर्जा आयोगबाट आफुलाई सरुवा गरेर घिसिङलाई नियुक्ति गरेपछि शाक्यले आफूमाथी अन्याय भएको भन्दै अदालत पुगेका हुन । यसअघि रिटमा अदालतले प्रारम्भिक सुनुवाइ गर्दै घिसिङलाई कामकाजमा रोक लगाउन माग गरिएको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेपछि पूर्व कार्यकारी निर्देशक शाक्य सर्वोच्च अदालतमा पुगेका हुन ।
चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरिएको भए पनि सरकारले उनलाई साउन २५ गते प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गरेको थियो ।
अहिले हटाएको उल्लेख गर्दै पुनर्बहालीको माग रिटमा गरिएको छ । सोही दिन घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको थियो ।