आदिवासी बाहिङ किरातहरुको छाता संस्था बाहिङ किरात मुलुखिमको केन्द्रिय कार्यसमितिको बैठकले १२ अ‍ौं राष्ट्रिय जनगणना अभियान सुरु गरेको छ । काठमाडौंमा सम्पन्न संस्थाको बैठकले आगामी कार्तिक २५ देखि मंसिर ९ गते सम्म संञ्चालन हुने जनगणनामा जात जातिको महलमा बाहिङ लेख्ने लेखाउने अभियान चलाउन समग्र बाहिङ समुदायमा अपिल गर्ने निर्णय गरेको छ । यसैगरी भाषाको महलमा बायुङ: बाहिङ लेख्ने लेखाउने पुर्खौली भाषाको महलमा बाहिङ लेख्ने लेखाउने निर्णय गरिएको मुलुखिमका केन्द्रिय अध्यक्ष भुपराज बाहिङले हिमालयन टाईकुनलाई जानकारी दिए । यसै गरी धर्मको महलमा किरात प्रकृति पुजक लेख्ने लेखाउने र दोस्रो भाषाको महलमा छिमेकी भाषा जस्तै : थुलुङ,चाम्लिङ,बान्तावा,कुलुङ लेख्ने लेखाउने निर्णय समेत गरेको छ । थरको महलमा आफ्नो दोचा जस्तै : सेचोचा,नाम्र्बेसा,खारायुल्चा,मुपुचा,युम्बुचा,तोलोचा,आदी लेख्ने लेखाउने निर्णय समेत गरिएको कुरा मुलुखिमका महासचिव धिरेन सुस्तोचा बाहिङले बताए । राष्ट्रिय जनगणनामा बाहिङ जातिको कोड नं १०४ र बाहिङ भाषाको कोड नं ४६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर