
४ असोज, काठमाडौं । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी कुल १०९५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ भने २९५७ जनाले कोरोना जित्न सफल भएका छन् र ८ जनाको मृत्यु भएको छ ।
देशभरका सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ । जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १४३२ जना संस्थागत आइसोलेसनमा छन् यस्तै ३७१ जना आईसीयू र १०८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ र मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ भने ७ लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन् ।



यसैगरी १० वर्ष मुनिका १५ बालबालिकामा समेत कोरोना संक्रमण पुष्टि भएको देखिएको छ । बालबालिकामा ११ देखि २० वर्ष उमेर समूहका ७८ जनामा कोरोना संक्रमित पुष्टी भएको छ ।