४ असोज, संखुवासभाको परिवार हत्‍या काण्‍डमा संलग्‍न मुख्‍य योजनाकार  सहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्याका प्रकरणमा प्रहरीले भदौ २६ गते २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानका क्रममा अन्‍य चार जनाको पनि संलग्नता रहेको खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो ।

अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले सार्वजनक गरेका अपराधी पक्राउ पर्नेमा ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन् । लोकबहादुर सहित ५ जना मिलेर योजनाबद्ध तरिकाले हत्या गरेको भन्‍ने जानकारी प्राप्‍त भएको हो ।

हत्‍यमा संलग्‍न मुख्‍य योजनाकार लोकबहादुरका काका खड्ग बहादुर रहेको प्रहरीको दावी छ ।उम्लिङ स्‍थित भदौ २१ मा ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

खड्गबहादुर सहित चार जना मिलेर लोकबहादुरको घरमा हत्याको अघिल्लो साँझ ८ बजे बसेर योजना बनाएका खुलासा भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार हत्‍याकोलागी पाँच जना मिलेर कसैले चिपर्ट र कसैले छुरीले हानेर सामुहिक हत्या गरेको अनुसन्धानबाट खुलेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर