३ असोज, काठमाडौं/संविधान दिवसको अवसरमा सरकारद्वारा घोषित मानवपद्वी लिन चार जना संचारकर्मिले अस्‍विकार गरेका छन्‌। बिना जानकारी पदक पाउने सुचीमा आफ्‍नो नाम समावेश भएको भनेर उनीहरुले तर्क प्रस्‍तुत गरेका छन्‌ ।

सुचीमा परेका संचारकर्मि मध्‍य इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापा, नयाँ पत्रिकाका अध्यक्ष तथा प्रधानसम्पादक कृष्णज्वाला देवकोटा, कार्टुनिष्ट रविन सायमी र नेपाल समय डटकमका प्रधानसम्पादक नारायण अमृतले पदक लिन अस्‍विकार गरेका छन्‌ । पदक वितरणमा विवेकतापुर्ण पारदर्क्षी नभएको र यो स्‍विकार गर्न आफ्‍नो नैतिक्‍ताले नदिएको भन्‍दै सुप्रवल जनसेवाश्री पदक पाएका कृष्णज्वाला देवकोटा आफ्‍नो तर्क दिन्‍छन्‌ ।

यसैगरी संचारकर्मि हरिबहादुर थापाले पनि पारदर्शी र सुचित नगरेको भन्‍दै कोही  किन र कसरी पदक पाउँछन्‌ भनी खुलासा भएको र विधिपुर्ण लोकतान्‍त्रिक हुनु जरुरी छ भन्‍ने तर्क फेसबुक मार्फत दिए ।साथै अन्‍य संचारकर्मीका पनि राय मिल्‍दा जुल्‍दा रहेको र यो प्रविधीलाई नैतिक रुपमा ग्रहण गर्न पाच्‍या नभएको भन्‍दै अस्‍विकार गरेका छन्‌ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर