३ असोज, काठमाडौं । गठबन्धनमा आवद्ध दलका नेता तथा उनका परिवारलाई समेत संविधान दिवसका अवसरमा विभिन्न पदक प्रदान गरेको छ । वरिष्ठ नेता झलनाथ खनालले राष्ट्र गौरव पदक प्राप्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई र कांग्रेस पार्टीका संस्थापकलाई नेपाल रत्नबाट विभूषित गरिएको छ । यो राज्यबाट प्रदान हुने सबैभन्दा माथिल्लो विभूषण हो ।यसैगरी सत्ता गठबन्धनका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालले राजनीतिक अभियन्ताका रुपमा प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्राप्त गरेका छन् । यो पदक पाउनेमा मुख्य सचिव शंकरदास वैरागी, प्रधान सेनापति प्रभुराम शर्मादेखि न्यायाधीश अनिल सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी, महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायत छन् ।

पदकबाट विभूषित हुनेमा कांग्रेस र माओवादी केन्द्रका जीवित तथा स्वर्गीय नेताहरू धेरै छन् । त्यस्तै सत्तारुढ गठबन्धनकै नेता नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका स्वर्गीय पिता मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर