नेपाली कांग्रेस सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालीका वडा नं २ को वडा सभापतिमा सिताराम काफ्ले सर्वसहमतिले चयन भएका छन् । क्षेत्रीय प्रतिनिधि भरत काफ्लेका अनुसार पार्टीको युवा नेतृत्व स्थापना गर्ने रणनिती अनुसारनै योग्य, निष्पक्ष र सक्षम युवाको रुपमा काफ्लेलाई जिम्मेवारी दिइएको बताए । यस वडामा नेपाली कांग्रेसका नयाँ पुराना गरी १८० क्रियाशिल सदस्य रहेका छन् ।

काफ्लेका अनुुसार आगामी स्थानीय तहको निर्वाचनमा पुराना जनप्रतिनिधीको ठाउँमा नयाँ व्यक्ति पठाउनु जरुरी रहेको हिमालयन टाईकुनलाई बताए । सर्वसम्मत नेतृत्व चयन गर्ने कुरामा निर्णायक भूमिका खेलेका अर्का क्षेत्रिय प्रतिनिधि गोकुल कमार बाहिङले परिवतर्नको सम्वाहक शक्ति नेपाली कांग्रेस रहेकोले सबै पार्टीसँग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । बाहिङका अनुसार समावेशी राज्य संरचना अनुसार पार्टी र सरकारको नेतृत्व तहमा पुग्न नसकेकोले समग्र युवाको प्रतिनिधित्व गर्दै पार्टीले दिएको जस्तोसुकै भूमिका निर्वाह गर्न तयार रहेको कुरा बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर