
१ असोज, काठमाडौं/ नेपाली बजारमा सुन र चाँदीक मूल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मूल्यमा अधिकतम एक हजार ४०० रुपैयाँले घटेर ८९ हजार १०० रुपैयाँमा कायम भएको छ ।



चाँदीको मूल्यमा पनि आज तोलामा ३० रुपैयाँले मुल्यमा गिरावट भएर एक हजार १७० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत बिहीबार मात्र बजारमा सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज भने चाँदीको समेत मूल्य तोलामा ३० रुपैयाँले घटेर एक हजार १७० रुपैयाँभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।