१ असोज, काठमाडौं। नेपाल सरकारले खरिद गरेको ४४ लाख चिनिया भेरोसेल खोप आज काठमाडौं आइपुग्‍दैछ । खोप ल्याउन वाइडबडी विमान बेइजिङवाट दिउँसो काठमाडौं आउन लागेको नेपाल वायु सेवा निगमले जनाएको छ।

विमान आज दिउँसो २ बजे काठमाडौंमा खोप लिएर आइपुग्ने तालिका छ । चीनबाट आउने भेरोसेल खोप ४० बर्ष माथिको उमेर समूहलाईमात्र वितरण गर्ने तयारी छ सरकारले चीनमा खरिद गरेको ६० लाख डोज खोपमध्ये यसअघि १६ लाख डोज ल्याइसकेको हो

स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म १ करोड ३३ लाख डोज खोप ल्याइसकिएको छ । मन्त्रालयले थप खोप पनि भित्रने क्रम जारी रहने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर