१ असोज, ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।   सुनकोशी गाउँपालिका– ९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरीको करेन्‍ट लागेर मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार टर्चलाइट चार्ज गर्ने क्रममा आफ्नै बेसीघरमा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको बताए ।

 

घट्‍नाबारे थप अनुसन्धान भइरहेको र जिल्‍ला अस्‍पताल रुम्जाटारमा शव परीक्षणको लागि लगिएको जिल्‍ला प्रहरी कार्यालय ओखल्‍ढुङ्‍गाका प्रमुख गोविन्दराज काफ्लेले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर