१ असोज, काठमाडौं/ पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावसम्म लड्‍ने भनी नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताए । नेपाल थप्‍छन्‌, रणनीतिमा केन्द्रित रहेर शुक्रबार सो पार्टीको केन्द्रीय कार्यालय उद्‍घाटन गर्दै आगामी निर्वाचनमा पनि पाँच दलीय गठबन्धनबीच तालमेल हुने अध्यक्ष नेपालले जानकारी दिए।

अध्‍यक्ष नेपालका अनुसार, ‘पाँच दलीय गठबन्धनलाई बलियो बनाउने तर  अन्‍य कुनै दलसँग पार्टी एकता नगर्ने बताए। ’ नेपाल कम्युनिस्ट पार्टी आन्दोलनमा नयाँ ताराको रुप उदय गर्नलाई पार्टीभित्र नयाँ सोच मान्‍यताका साथ गठबन्धनसँग चुनावी तालमेल गरेर निर्वाचनमा जाने बताए ।कल्‍पना र सपनाको भ्रममा जनतालाई नअल्‍मलाएर याथार्थ कुरा गर्ने उनको भनाइ छ।

लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात गरेर समाजलाई परिवर्तनशिल विकासको दिशित उन्‍मुख गर्न नेपाल राष्‍ट्र र नेपाली जनतासम्‍म आफ्‍नो चिन्‍तन र कार्य व्‍यावहारको केन्‍द्र रहेको उनको भनाइ छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर