
काठमाडौं /सम्वाददाता
नेकपा (एकीकृत समाजवादी) एमाले सोलुखुम्बुको समानान्तर जिल्ला कमिटि सोलुखुम्बु काठमाडौं सम्पर्क कमिटि गठन गरिने भएको छ । सम्पर्क कमिटि गठनका लागि आउने शनिबार असोज २ गते काठमडौंमा कार्यक्रम आयोजना गरिएको सम्पर्क विभाग प्रमुख तथा प्रदेश कमिटि सदस्य आङकामी शेर्पाले बताए । उहाँका अनुसार कार्यक्रम शनिबार दिनको १२ बजेबाट काठमाडौंको धुम्ब्राराही स्थिीत रहेको स्मार्ट पार्टीे भेन्यूमा हुने बताएका छन् ।



सोलुखुम्बु स्थायी ठेगाना भई विभिन्न पेशा र व्यवसायमा आबद्ध उपत्यकाभित्र बसोबास गरिरहेका पार्टीका नेता र शुभेच्छुकसहित सम्पर्क कमिटि गठन गरिने पनि सम्पर्क विभाग प्रमुख शेर्पाले बताए । ‘हाम्रो जिल्ला पार्टीको सम्पर्क केन्द्रसम्म पुर्याउनको लागि कमिटि गठन गर्न लागेका हौं ।’ प्रमुख शेर्पाले भने, ‘काठमाडौंभित्र रहनु भएका पार्टीका साथीहरुलाई एकताबद्ध हुनका लागि सम्पर्क कमिटि गठन गर्न लागेका कुरा बताए ।