३१ भदौ, काठमाडौं/ भदौ महिनाको तलब प्रधानमन्त्री शेरबहादुर देउवादेखि कर्मचारी सम्मले  नपाउने भएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएसँगै प्रतिस्थापन विधेयक (संशोधित बजेट) पारित तथा नभएकाले यो परिस्‍थिती आउने भएको हो ।

राष्ट्रपतिबाट संशोधित बजेट प्रमाणीकरण नभएसम्‍म सरकारले सञ्चित कोषमाथि व्ययभार हुने बाहेक अन्‍य कुनै पनि खर्च पाउने छैन । महालेखा नियन्त्रकको कार्यालयले गएराति १२ बजेदेखि नै सञ्चित कोषमाथि व्ययभार हुने बाहेक कुनै खर्च नगर्न कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।

महिनाको अन्तिम दिन कार्यपालिका अन्तर्गत प्रधानमन्त्रीदेखि कर्मचारीले यो महिनाको तलब कुरेर बसेका छन् । असोज ४ गते बस्नेगरी सभामुखले प्रतिनिधिसभा बैठक बोलाएका छन् । सो दिन पनि प्रतिस्थापन विधेयक पास नभए तलबभत्ता थप समय रोकिन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर