३१ भदौ, एमालेको अवरोधपछी लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु भएको घोषणा गर्न नपाउँदै विपक्षि दल एमालेले नाराबाजी लाउँदै रोस्ट्रम घेराउ गरेका थिए ।

पुरानो माग यथावत राख्‍दै एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई सांसदलाई सभामुखले कारवाही नगरे सम्म सदन चल्न नदिने जानकारी गराएकी थिइन् । एक घण्टाका लागी बैठक स्थगित गर्न एमालेको जारी अवरोधले बाध्‍य बनायो ।  एमालेले अधिवेशन सुरु भएदेखि नै एमालेले विमला वली र अजय बहादुर शाहीलाई कारवाही गर्न माग गर्दै प्रदेश सभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर