३१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब माधव नेपाललाई पार्टीमा किन ल्‍याउने भनी प्रश्‍न गर्दै, काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलमा अबको माधव नेपालको आवश्‍यक्‍ता नरहेको जनाउँदै पार्टीमा आउनुस् भन्ने नेताहरूतर्फ प्रश्‍नको इशारा गरे ।

ओलीले भने, ‘अझै पनि हाम्रा केही कमरेडहरूले माधव कमरेड आउनुस् भन्दै हुनुहुन्छ । फेरि पार्टी फुटाउन आउने ? माधव नेपालको आवश्यकता किन ? म बुझ्दिन । पार्टीमा रहुन्‍जेल माधव नेपालको कुनै भाषण कहिल्यै पार्टी र सरकारको पक्षमा बोलेको सुन्नुभयो ?’ सोही कार्यक्रममा माधव नेपालले लिएको बाटो गलत भएको भन्दै अष्टलक्ष्मी शाक्यले एमालेमै फर्किन आग्रह गरेकी थिइन् । ओलीका अनुसार कतिपय कुराको जवाफदेही नभएको बताएपनी यस्‍ता कुरामा जवाफ दिन जरुरी रहेको बताए।

तिन वर्ष भन्‍दा बढी पार्टीमा रहँदा गुटबन्दी गर्ने र पार्टीलाई सिध्याउने मात्र काम गरेको भन्दै ओलीले आरोप लगाए । ‘नराम्रो नभनौं, प्रतिक्रिया दिनु पर्ने खालको काम माधव नेपालजीको नेतृत्वमा भएको, भन्‍दै ओली अझ थप्‍छन्‌ यो पार्टी सिध्याउन बाहेर अरु केही काम भएको देखिएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर