३१ भदौ, काठमाडौं । मुलुकका विभिन्न जिल्लाहरुमा कोरोना भाइरस मिल्दोजुल्दो लक्षण भएका ‘स्क्रब टाइफस’ रोग देखिन थालेको छ । काठमाडौं उपत्यकामा पनि यो संक्रमणको विरामी बढ्‍दो छन्‌।

चिकित्सकहरुका अनुसार पछिल्लो समयमा अस्पतालहरुमा स्क्रब टाइफसका बिरामीको बढ्‍दो चाप देखिन थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोना महामारीका कारण स्क्रब टाइफसका बिरामी ओझेलमा पर्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । कोरोना सङ्क्रमणको लक्षण र स्क्रब टाइफसको लक्षण उस्‍तै किसिमको हुने भएकाले बिरामी अन्योलमा पर्न सक्‍ने बताए।

प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार पछिल्‍लो समयमा काठमाडौं उपत्यकामा समेत फाटफुट्ट स्क्रब टाइफसका बिरामी फेला परेका छन् । काठमाडौं बाहिरबाट रोग पत्ता नलागेर आउने बिरामीमा यो रोगको संक्रमण देखा परेको बताउँछन्‌। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार हिमाली जिल्लाबाहेक प्रायः सबै जिल्लामा यसको संक्रमण देखिने बताए । यो नयाँ रोग नभएर भूकम्प पछी हरेक वर्ष यो सिजनमा यसको संक्रमण देखा पर्दै आइरहेको बताए ।

के हो स्क्रब टाइफस ?

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो ।यो जीवाणु मुसामा समेत पाइन्छ । विशेष गरी खेतबारीमा काम गर्ने क्रममा किर्नाले टोक्दा यो रोग लाग्ने गर्दछ । समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सोलगायतका अंगमा संक्रमण गराउँछ भने बहुअंग विकार (मल्टी अर्गन डिस्फंसन) को अवस्था पनि सिर्जना हुन सक्छ ।

के के हुनसक्‍छ यसका लक्षणहरु ?

  • उच्च ज्वरो आउने
  • स्वास फेर्न गाह्रो हुने
  • धेरै टाउको दुख्ने
  • आँखा रातो हुने
  • जोर्नी र मांशपेशी दुख्ने
  • खोकी लाग्ने, वान्ता आउने, पेट दुख्ने र पखला लाग्ने
  • शरीरमा रातो बिमिरा आउने
  • टोकेको ठाउँमा कहिले कहीँ कालो दाग देखिने ।

कसरी सर्छ ?

मुसाको बासस्थान, खेतबारीमा वा झारपात बढी भएको ठाउँमा काम गर्ने, जंगलमा जाने मानिसमा यो रोग सर्ने जोखिम हुन्छ । यस्तो ठाउँमा बढी हुने भएकाले मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेर यो रोग सार्ने सम्भावना हुन्छ ।

कसरी बच्ने ?

–खेतबारीमा काम गर्न जाँदा, घर वरिपरिका झाडी सफा गर्दा, मुसाको वासस्थान नजिकै काम गर्दा सावधानी अपनाउनु पर्छ ।

–खेतबारीमा काम गर्दा हातखुट्टा ढाक्ने लामो बाहुले कपडा लगाउनुपर्छ ।

–वनजंगल, झाडीमा घाँस–दाउरा काट्न जाँदा शरीर ढाक्ने कपडासँगै सम्भव भए बुट लगाउने ।

–चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने ।

–मुसाको वासस्थान भए नजिकै तथा खुला चौरमा सकेसम्म नसुत्ने ।

–सम्भव भएसम्म भुईँमा नबस्ने ।

–खाटमा वा अग्लो स्थानमा सुत्ने वा बस्ने गर्नुपर्छ ।

–घरभित्र अन्न भण्डारण गर्दा मुसा नियन्त्रणका लागि उपयुक्त ढङ्गले व्यवस्था गर्ने ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर