तनहुँको शुक्लागण्डक नगरपालिकामा पर्ने रक गार्डेनमा रहेको सेती नदीमा टिकटक बनाउन खोज्दा ५ दिन अगाडि मात्रै हरि सिक्देलसंग बिहे गरेकी पवित्रा लम्सालको मृ त्यु भएको छ । टिकटक बनाउन भनेर सेतीको रक गार्डेन भन्ने ठाउँमा जब टिकटक बनाउन लागिन् तब उनलाई सेती खोलाले बगाएर लगेको हो।
घटनास्थलमा चौतारास्थित प्रहरी चौकिका प्रहरी प्रमुख र शुक्लागण्डक नगरपालिकाका मेयर सहितको टोली पुगेर घटनस्थलको बारेमा जानकारी लिएका छन्।ससुरा केदारनाथ सिग्देलका अनुसार पवित्रा र हरिको विवाह हिन्दुसंस्कार अनुसार नै एक अर्कामा मन पराएर दुवैको मञ्जुरीमा गरिएको थियो।बुहारीले बिबाह पछि पनि पढ्ने इच्छा गरेको भएकाले घरपटिले पढाइदिने समेत बाचा गरेका थिए।
उनी आफ्ना साथीहरू सहित फोटो खिच्नका लागि भनेर सेती नदीको रक गार्डेनमा पुगेकि थिइन्।उनेले आफ्ना साथीहरूलाई भनिन्,मसँग फोटो खिच्ने भए आउनु भोलि त म फेरि घर गइहाल्छु,खिच्न पनि पाउँदैनौ भनेकी थिइन् नभन्दै त्यसै दिन छोडेर हिँडिन्।यो कुरा गरेको उनका आफ्ना देवरले बताएका छन्।



पवित्राका ससुरा एक शिक्षक हुन् भने श्रीमान हरि विदेशमा काम गर्दै आउनुभएको छ।उनी बिहे गर्न भनी गत श्रावण ३१ गते नेपाल आएका थिए र भर्खरै आजभन्दा पाँच दिन अघि उनले विवाह गरेर दुलान फर्काउन गएका थिए।पवित्रा मात्र १९ वर्षकी थिइन् र अका लमा उनले ज्या न गुमाउनु परेको छ ।






