काठमाडौं /सम्वाददाता
एक बर्षमा जम्मा १२ महिना हुन्छ । ती १२ महिनामा धेरै व्यक्ति एउटै महिनामा जन्मेका हुन्छन् र ति व्यक्तिहरु कस्तो स्वाभाव, चरित्र र को कति धनी भविष्यमा बन्ने भन्ने कुराको लेखाजोखा गरांै आज ।

शुरुवातमा वैशाख महिनाको कुरा गरौ:
यस महिनामा जन्मिएका व्यक्तिहरु अरुसँग मित्रवत व्यवहार गर्ने र कसैसँग कुनै दुश्मनी बनाउन नचाहने स्वभावका हुन्छन भने धनवान, राम्रो विचार भएका र युवती तथा आफ्ना पत्नीलाई निकै माया गर्ने स्वभावका रहेका हुन्छन ।

जेठ महिनामा  जन्मिएका व्यक्तिहरु धेरै मेहेनती र उत्तम बुद्धि भएका हुन्छन् भने उनीहरु आफ्नो कडा परिश्रम र मेहेनतको बावजुद प्रशस्त धनसम्पति कमाउछन ।

असार महिनामा   जन्मिएका व्यक्तिहरु निकै भाग्यमानी हुने गर्छन र जीवनमा सोचे भन्दा बढी आयआर्जन गर्न साथै सधै सफल हुने तथा थोरलेै मात्र सुख भोग गर्ने मौका पाउनेछन ।

साउन महिनामा : जन्मेका व्यक्तिहरु धार्मिक कामहरुमा बढी रुचि राख्नुका साथै जीवनमा दुख र सुख बराबर हुने गर्छ। यस महिनामा जन्मिएका व्यक्तिहरुले आफ्नो पार्टनरबाट भरपूर माया पाउने हुँदा जीवनभर सुखी र खुशी रहने हुन्छन।

भाद्र महिनामा  जन्मेका व्यक्तिहरु मिठो बोली र सरल भएका हुन्छन साथै कडा मेहेनत र परिश्रमका बावजुद यिनीहरुले प्रशस्त धन कमाउन सक्छन भने यस महिनामा जन्मेका महिलाहरुले निकै सुख र शान्तिको अवसर प्राप्त गर्न सक्नेछन ।

असोज महिनामा जन्म भएका व्यक्तिहरु निकै सुन्दर ,पवित्र मन भएका र धनवान हुने गर्छनभने यिनीहरु अत्यन्त दयालु र परोपकारी भावना भएका हुन्छन ।

कात्तिक महिनामा जन्मिने व्यक्तिहरु घमण्डी स्वभावका भएपनि निकै धनवान र बुद्धिमानी हुने गर्दछन भने मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका पनि रहेका हुन्छन साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन ।

मंसीर महिनामा जन्म हुने मनिसहरु निकै नरम र भलादमी स्वभावका हुने तथा झुट बोलेको नसहने र उनीहरुको मन धार्मिक काममा बढी जान्छ । साथै यिनीहरु प्रशस्त धन आर्जन गर्न सफल हुन्छन तर खर्च बढी गर्ने बानीका कारण त्यति धन कमाउन भने नसक्ने किसिमका हुन्छन ।

पुस महिनामा यस महिनामा जन्मेका मानिसहरुको सोच्ने र बुझ्ने क्षमता अत्यधिक हुन्छ भने उनीहरु आफ्नो कडा मेहेनत र परिश्रमबाट राम्रो आयआर्जन गर्न सफल रहनुका साथै यस महिनामा जन्म लिएका व्यक्तिहरुले सामाजिक कामबाट समेत ठूलो मान सम्मान पाउन हुन्छन ।

माघ महिनामा जन्मिएका व्यक्तिहरुको मन निकै सफा हुनुका साथै कसैको नराम्रो सोच्दैनन् । यिनीहरु हँसिलो र जिद्दी स्वभावका हुन्छन भने यस महिनामा जन्म भएका मानिसहरुलाई व्यापारमा राम्रो सफलता मिल्ने हुँदा प्रशस्त धनसम्पति जोड्ने मौका मिल्ने हुन्छ ।

फाल्गुण महिनामा जन्मेका मानिसहरु निकै दयावान,धनवान र विद्यावन हुने गर्छन । उनीहरु अन्य कसैको दुख देख्न नसक्ने तथा जो कोहीलाई सक्दो सहयोग गर्ने गर्दछन भने यस महिना जन्मेका व्यक्तिहरु निकै रिसालु स्वभावका भएपनि अरुको दुखमा सधैं साथ सहयोगको हात अगाडी बढाउने किसिमका हुन्छन ।

चैत  यस महिनामा जन्मेका व्यक्तिहरु निकै रिसालु भएपनि अरुलाई दया गर्ने स्वभावका हुने तथा पैसाको राम्रो बन्दोवस्त गरी ठूलो मात्रामा धन कमाउने गर्दछन साथै यस महिनामा जन्म भएका व्यक्तिहरुले स्वास्थ्यमा भने राम्रो ध्यान पुर्याउन आवश्यक हुन्छ ।

ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव पनि जीवनभर रहने गर्छ। त्यसैले आफु जन्मेको वार पनि थाहा पाउन जरुरी छ ।हेरौ कुन वार के हुने भनेर ,सुरुवात आइतवारबाट , आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ।

विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ। शनिवारको कारक ग्रह शनि मानिन्छ। यी ग्रहहरुले तपाईको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन। तर यति कुरो याद गर्नुस तपाइ आफ्नो भाग्यमा भन्दा नि कर्ममा विश्वास गर्नुहोस तपाइ सधै सफल हुनुहुनेछ

प्रतिक्रिया

सम्बन्धित खवर