३०भदौ/ काठमाडौं बौद्धबाट १४ जना रोहिंग्या शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले अवैध रुपमा नेपाल प्रवेश गरेका ‍शरणार्थिलाई पक्राउ गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन्‌।

‘झापाको काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश उनिहरु बंगलादेशबाट स्थलमार्ग हुँदै आएको देखिन्छ’, दुई दिनअघि बौद्ध आइपुगेका उनीहरुलाई प्रहरीले दलालको माध्यमबाट पक्राउ गरेको बताए। यसअघि पनि शरणार्थीको रुपमा बंगलादेशी रोहिंग्याहरु काठमाडौं प्रवेश गरिसकेका थिए । केही वर्षयता बंगलादेशका हजारौं रोहिंग्याहरु दमनको क्रम बढेको कारण विस्थापित बनेका छन् ।

प्रहरीका अनुसार नेपालमा बस्‍न पाउने योजनाका साथ शरणार्थीको रुपमा दुई दिनअघि मानव तस्करको सेटिङमा उनीहरु नेपाल आएको हुनसक्ने आशंका छ । पक्राउपछी उनीहरुलाई तहकिकात सोधपुछकालागी अध्यागमन कार्यालयमा बुझाइएको छ ।  करिब २०० जना जत्ती रोहिंग्या शरणार्थीहरु काठमाडौं स्‍थित कपनमा बस्दै आएका छन् । काठमाडौंसम्म ल्याउन संलग्‍न बंगलादेशी नागरिकलाई समेत प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न थालिएको  बताएका छन्‌।

प्रतिक्रिया

सम्बन्धित खवर