३० भदौ/ कक्षा १२ को परीक्षा आजबाट शुरु भएकोछ। बिहान ११ बजेबाट परिक्षा शुरु भएको हो । बोर्डले यसअघि दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना संक्रमण जोखिम र निषेधज्ञाका कारण स्थगित भएको थियो । परीक्षा नियन्त्रण कार्यलयका अनुसार यो वर्ष पौने चार लाख विद्यार्थीले परीक्षा फाराम भरेका थिए।

होम सेन्टर तोकेर बोर्डले देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालनको तयारी रहेको परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिए । माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक सय पूर्णाङ्ककै लिने भएको छ ।

बोर्डका अनुसार गत सालको मूल्यांकन पद्धति प्रभावकारी नरहेकोले यो वर्ष सय पूर्णाङ्ककै गराउने तयारी गरेको जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर