३० भदौ/ वीरगञ्‍जका सुख्खा बन्दरगाहमा आज पहिलोपटक भारतबाट निजी रेल कम्‍पनी ९० वटा कन्टेनर बोकेर आइपुगेको छ । १७ वर्ष पहिले नेपाल–भारत रेल सेवाको सुरुआत गरेका थिए। १७ वर्ष पछि बुधबार पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको हो।

२०६१ सालमा नेपाल–भारत भएको रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएको थियो। आज विहान १० बजे ९० वटा कन्टेनर सामान बोकेर भारतको हिन्द टर्मिनल निजी विरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको छ । भारतीय निजी रेल कम्पनीले नेपालमा ढुवानी सुरु गर्न सन् २०२१ को जुलाईमा नेपाल र भारत सरकारबीच पारवहन सम्झौता भएको थियो। सोहीअनुसार सम्झौता भएको लगभग दुई महिनाको अन्‍तराल पछी नेपालमा निजी कम्पनीले सञ्चालन गरेको रेल सामान ढुवानी गर्न आइपुगेको बताइएको छ ।

उद्योग तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार -भारत सरकारसँगको सम्झौतापछि निजी क्षेत्रले नेपालमा सामान ढुवानी गर्न बाटो खुलेको हो । त्‍यसैगरी सरकारको विगत १७ वर्षदेखिको एकाधिकार तोडिनुका साथै अन्य निजी कम्पनीबीच प्रतिस्पर्धा हुने देखिएको पनि जनाएको छ । फलस्वरुप नेपाली आयात निर्यातकर्ताहरुकालागी वैदेशिक व्यापारमा  सहजता हुने बताएका छन्‌।

प्रतिक्रिया

सम्बन्धित खवर