
३० भदौ/ १२ औं राष्ट्रिय जनगणनाको सुरुवात आजबाट हुने भएको छ । गत वैशाख देखि शुरु हुने तयारी भएको जनगणना कोभिड-१९ का कारण निषेधज्ञा बढेकोले पछि सरेको थियो ।
पहिलो चरणमा जनगणनालाई घर तथा परिवार सुचिकरणबाट शुरु गरिदै छ । केन्द्रिय तथ्यांक बिभागले ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ । घरका सदस्यहरुको सबै विवरण सुचीकरणमा टिपोट हुनेछ । घर तथा घरपरिवारको सुचिकरण ७७ वटै जिल्लमा एकैसाथ गरिने छ । घर परिवारको बैंक खाता, ऋणमा पहुँच, व्यावसायी तालिम लगायतका विषयलाई समेत विवरणमा समावेश गरिएको छ । व्यक्ति घरको प्रकार, घरको संख्या, तला र घर प्रयोजन पनि खुलाइने छ भने पशुपंक्षीको विवरण पनि खुलाइनेछ ।



सामुदायिक भवन, सरकारी अनुदानमा बनेका घर, त्यसको प्रयोजन, सरकारी कार्यालय, भवन, व्यवसायी तथा प्राविधिक शिक्षा तालिम, मन्दिर, वित्तीय संस्था, उद्योग, कलकारखानाको समेत विवरण लिइनेछ । असोज १८ गते सम्ममा सुचीकरणको काम सकिने विभागले जनाएको छ । निर्धारित तालिका अनुसार मूल जनगणना भने कात्तिक २७ देखि मंसिर ९ सम्म हुनेछ । ३९ हजार गणकले मुल प्रश्नावली सोधेर प्रत्येक घरपरिवारको गणक गरिनेछ।