
३० भदौ, वडा अधिवेशन सुरू नभएका २१ जिल्लामध्ये ८ जिल्लामा नेपाली कांग्रेसका विवाद समाधान भएको छ। सदस्यतामा देखिएको विवाद समाधान गरेर सदस्यता क्रियाशिल बनाउने अन्तिम सूची निर्वाचन समितिमा पुगेको छ।
क्रियाशील ८ जिल्लाको नामावली मंगलबार समितिमा पुगेको हो। समितिले विवाद समाधान भएका सम्पुर्ण पार्टी काभ्रे, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा जिल्लाका पार्टीको नामावली वेबसाइटमा आज सार्वजनिक गर्ने तयारी गरेको छ। निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ८ जिल्लाको नामावली आएकोले सम्भवत आज पार्टी वेबसाइटबाट सार्वजनिक गरिने बताए।



पहिलो चरणमा कांग्रेसले ५६ वटा जिल्लाका वडामा अधिवेशन गरेको छ। बाँकी २१ जिल्लामा असोज ५ गते अधिवेशन गर्ने तयारी छ। भदौ १८ मा कांग्रेसले एकैदिन देशभरका छ हजार सात सय ४३ वडामा अधिवेशन गर्ने भने पनि क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्न सकेको थिएन। जिल्लामा शीर्ष नेताहरूकै क्रियाशील सदस्यतामा मुख्य विवाद छ। विभिन्न पार्टीका सदस्यलाई कांग्रेसमा प्रवेश गरेकालाई क्रियाशील सदस्यता दिँदा विवाद देखिएको छ।
यो वर्ष करिब नौ लाख क्रियाशिल सदस्य कांग्रेसले बनाएको थियो। नौ वडा अधिवेशन गरिहाल्नु पारने देखिएको छ। किनकी असोज ९ मा कांग्रेसको पालिका तहमा अधिवेशन हुने छ। त्यसअघि नै वडा अधिवेशन गरिसक्नुपर्ने हुन्छ। यसैगरी मंसिर ९ देखि १३ गतेसम्म कांग्रेसको महाधिवेशन काठमाडौंमा हुनेछ।