
२९ भदौ, काठमाडौं । काठमाडौंमा एक महिलामाथि बोक्सी आरोपमा कुटपिट भएको छ । कुटपिटमा संलग्न धामीसहित ४ जना पक्राउ भएको काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख अशोक सिंहले बताएको छ। पक्राउ परेकामा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् ।
स्वयम्भू स्थित ठूलो भर्याङमा ९ दिन पहिले घटेको घटनाबारे जाहेरी भएपछी पक्राउ भएको हो। प्रहरी वरिष्ठ उपरीक्षक सिंहका अनुसार, बोक्सी आरोपसम्बन्धी कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान हुने भएको छ ।



प्रहरीका अनुसार पीडितको श्रीमान ट्याक्सी चालक थियो। उपचारका लागि भन्दै थिङ कहाँ लगेका थिए । थिङले महिलालाई बोक्सी चढेको बताएपछि श्रीमानसहित महर्जन र पाण्डेले पनि कुटपिट गर्न थालेको पीडितको जाहेरीमा उल्लेख भएको छ । महिलाको शरीरभरी निलडाम लिएर प्रहरीकहाँ जाहेरी दिन आएको सिंह बताउँछन् । ‘घाउ जाँच गरेको प्रतिवेदन तयार भएपछी पिडीत अहिले घरमै रहेको बताए ।