२८ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रमुख प्रतिपक्षी नेकपा एमालेको सहमति नभए पनि बजेट प्रतिस्थापन विधेयक पारित हुने शेरबहादुर देउवाले बताएका छन् । अग्निप्रसाद सापकोटाले सोमबार सभामुखमा बोलाएको सर्बदलीय बैठकमा प्रधानमन्त्री देउवाले बजेट पारित गर्न विकल्पमा द्वन्द्वात्मक रुप हुन सक्ने बताए । ‘बजेट पास गर्न सहमतिमा नआएको अवस्थामा द्वन्द्वको विकल्पमा जानुपर्ने हुन्छ । त्यसकारण वार्ता, छलफल र सहमतिको लागि गठबन्धन तयार छ । उहाँहरु (एमाले) सहमति र सम्वादमा आउन जरुरी छ’ देउवाले भने ।

प्रधानमन्त्री देउवाले अहिले सरकारलाई परेको समस्या भविष्यमा प्रमुख प्रतिपक्षीलाई पनि आउन सक्ने जनाउँदै एमालेले सोच्नुपर्ने बताए । सरकारलाई भदौ ३० गतेभित्र बजेट प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने बाध्यता छ। कांग्रेस नेता समेत बैठकमा रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधि सभा सञ्चालन गर्न सहमतिको प्रयास जारी राखिएको बताए ।

संसदको गतिरोध अन्त्य उद्देश्यले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग उनकै निवासमा पुगेर छलफल गरेको पनि मन्त्री कार्कीले बताए । एमालेले लगातार संसदमा नाराबाजी जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर एमालेका नेताहरु उक्त बैठकमा उपस्‍थित हुन अस्‍विकार गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर