२८ भदौ/ आइसिसी विश्वकप लिग-२  आजदेखि नेपाल, ओमान र अमेरिकाबीचको ट्रैङ्‍गल सिरिज सुरू हुँदैछ।

ओमान स्‍थित अल अमिरत क्रिकेट रंगशालामा हुने सिरिजको पहिलो खेलमा नेपाल र  अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाली समय अनुसार दिउँसोको ४:१५ बजेबाट खेल सुरू हुनेछ। सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।

सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजको पछिल्ला खेलमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।

नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुई खेल खेलिसकेको छ। नेपाल चार अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

 

खेल हुने तालिका

नेपाल भर्सेस अमेरिका – भदौ २८

ओमान भर्सेस नेपाल – भदौ २९

ओमान भर्सेस अमेरिका – भदौ ३१

नेपाल भर्सेस अमेरिका – असोज १

ओमान भर्सेस नेपाल – असोज ३

ओमान भर्सेस अमेरिका – असोज ४

सबै खेल सुरू हुने समय – दिउँसो ४:१५ बजे

स्थान – अल अमिरत क्रिकेट रंगशाला, ओमान

प्रतिक्रिया

सम्बन्धित खवर