
२८ भदौ, काठमाडौं । नेकपा विप्लव समूहले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी) सम्झौताको काठमाडौंमा प्रदर्शन गरेको छ ।माइतीघर स्थित सोमबार भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वली लगायतका नेताहरु पनि सहभागी भएका छन् ।
सन् २०१७ एमसीसीले नेपाल सरकारसँग विद्युत सडक र प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदानको सम्झौता गरेको थियो ।संसदबाट उक्त सम्झौता अनुमोदन गर्न नहुने भन्दै विभिन्न समूहका राजनीतिक दलहरुले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।


