
२८ भदौ, काठमाडौं/ सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेदद्वरा बहिस्कार हुने भएको छ । सोमबार दिउँसो साढे २ बजेका लागि सभामुख सापकोटाले संसदका प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको तर एमालेले बहिस्कार गर्ने भएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सभामुखले बोलाएको आजको बैठकमा एमालेको सहभागीता नहुने बताए ।
‘नेकपा एकीकृत समाजवादी नामको पार्टी सभामुखले सहभागी गराएको बैठकमा हामी सहभागी हुँदैनौ’, तामाङले भने, ‘जबकी हामीले उक्त पार्टीको वैधानिकता नै स्वीकार गरेका छैनौँ । जसमा सभामुखको समेत भूमिका रहेको छ ।’ उनले सत्तापक्ष र प्रतिपक्षका हैसियतमा हुने कुनै पनि छलफलमा बोलाए एमालेको सहभागिता हुने बताए ।



लगातार संसद् बैठकमा एमाले पक्षले विरोध गरेपछि निकासका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।
‘हामी सत्तापक्ष र प्रतिपक्षबीच कुनै समस्या भएर समाधान वार्ताको छलफलमा हुने भएमा सहभागी हुन्छौँ’, तामाङले बताए।