
ओखल्ओढुङ्खगा भाद्र २७/ ओखल्ढुङ्गा मानेभन्ज्याङ् गाउँपालिका -६ मितेरी भन्ज्याङ्मा सुमो दुर्घट्ना हुँदा एक जनाको मृत्य भएको छ। मृतक ४० वर्षिय पृथ्वि बहादुर श्रेष्ठको घट्नास्थलमा मृत्य भएको हो। प्रहरीका अनुसार मृतकको स्थाइ ठेगाना बारा जिल्ला भन्ने सुने पनी पुरा परिचय प्रस्ट नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताए।
सिद्धिचरण नगरपालिकाको निशङ्खे हुँदै काठमाण्डौकालागी छुटेको बा ११ च ५२१० नंबरको सुमो दिउँसो मानेभ्नज्याङ्-६ मितेरी भन्ज्याङ् मा दुर्घट्ना हुँदा एक जनाको घट्नास्थलमै मृत्य र ९ जना घाइते भएको हो। घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घाइते हुनेको उदयपुर स्थित घुर्मिमा उपचार भइरहेको छ।



१० जना यात्रु सवार सुमोको दुर्घट्ना भएको हो। दुर्घट्नामा घाइतेको उद्धार सँगै थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्ले सहितको प्रहरी टोली घट्ना स्थलमा पुगेका हुन्।