२४ घण्‍टाभित्र नेपालमा ९११ जनामा कोरोना सङ्‍क्रमण पोजिटिभ पुष्‍टि भएको छ, लगातार दुई दिनको कोरोना परिक्षणमा करिब १००० को हाराहारीमा नयाँ सङ्‍क्रमित पुष्‍टि भएका हुन्‌। भदौ २६ शनिबार ९१४ जनामा नयाँ सङ्‌क्रमण थपिएका थिए। ११ हजार १८ जनाको कोरोना परिक्षण गर्दा पीसीआर ८३८ एन्‍टिजेनबाट ७३ जनामा कोरोनाभाइरसको सङ्‌क्रमण पुष्‍टि भएको हो। कोभिड-१९ सङ्‌क्रमण बाट मृत्‍यु हुनेको संख्‍या १० हजार ९४१ पुगेको छ।

नेपालमा हालसम्‍मा ८ लाख ६३ हजार ८५७ जनामा कोरोना सङ्‌क्रमण पुष्‍टि भइसकेको छ। हाल २६ हजार ७५७ जनामा सक्रिया सम्‌क्रमित रहेको जसमध्‍ये ४५४ जनाको सघन उपचार कक्षमा र १४० जनाको बेन्‍टिलेटरमा उपचार भईरहेको छ।

कोरोना जित्‍नेको संख्‍या ७ लाख ३९ हजार ४५७ पुगेको छ। साथै निको हुनेको संख्‍या ९५.१ प्रतिशत पुगेको छ। पछिल्‍लो २४ घण्‌टामा १० हजार ४४९ जनाले कोरोना भ्‍याक्‍सिन लगाएका छन्‌।

प्रतिक्रिया

सम्बन्धित खवर