
कतिपय पुरुषलाई महिलासँग कसरी कुराकानी गर्ने र व्यवहार गर्ने भन्ने कुराले निकै सताउँछ । त्यसैको अलाबाकतिवेला उनीहरूको व्य’वहारले समस्या पनि ल्याउँछ । केही मनो’वैज्ञानिक तथ्यमा ध्या’न दिने हो भने यो गाह्रो कुराचाहिँ होइन । केही टिप्स :
१ भावनाका विषयमा कुरा गर्नुहोस् ।
वरिपरिको वातावरण, प’रिस्थिति र मुड विचार गर्नुहोस् । यसले वातावरण रमाइलो त बन्छ नै उनीहरूको ज्यादै नजिक पुर्याउँछ । कुरा गर्न सजिलो पनि हुन्छ । उनीहरूसँग नजिकको व्य’वहार गर्नुहोस् । बोल्न नडराउने, नजिकको स’म्बन्ध राख्नेप्रति महिला बढी आकर्षित हुने गर्छन् ।
उनीहरूबारे कुरा गर्नुहोस् । महिलाहरू आफ्नोबारे धारणा सुन्न रुचाउँछन् । उनीहरूबारे तपाईंले केही थाहा पाउनुभयो त्यसबारे कुरा गर्नुहोस् ।महिलालाई झर्को वा दिक्क लाग्ने कुरा नगर्नुहोस् । बरु आफ्नो विचार व्यक्त गर्नुहोस् । प्रश्न गर्दा ठाडो तरिकाले होइन नम्र र केही घुमाउरो तरिकाले सोध्नुहोस् ।



आफ्नो परिचय नलुकाउनुहोस् । काम इच्छा र विचारबारे खुलेर कुरा गर्नुहोस् ।उनीहरूको शारीरिक बनावट वा आँखाको हेराइ आदिबारे मात्रै कुरा नगर्नुहोस् । सम्पूर्ण रूपमा नियन्त्रित हुँदा कहिलेकाहीँ साथीभन्दा माथिको सम्बन्धमा तपाई आफँ बाधक बन्नुभएको हुन सक्छ । त्यसैले त्यसबारे उनीहरूको धारणा बुझ्नुहोस् र आफ्नो धारणा राख्नुहोस् ।
एजेन्सी