
नेपाली महिला राष्ट्रिय टिमले बंगलादेशसँग आज मैत्रीपूर्ण खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ । दुबै टोली एसियन कप छनोटको लागी तयारीमा छन । गएको बिहिबार भएको मैत्रीपूर्ण खेलमा बंगलादेशलाई नेपालले २–१ ले पराजित गरेको थियो गोल गर्दै नेपालको जित भएको थियो ।
यि दुबै टिम एसियन कप छनोट खेल्न न्युट्रलभेन्यू उज्वेकिस्ताज जाँदैछन् भने यस अघि भएको गल्ती सुधार गर्ने दुवै टिमले अपेक्षा गरेको छ । यस टिम छनोटमा नेपाल टिम “एफ” मा छने भने यस टिममा हङकङ र फिलिपिन्स रहेको छ । नेपाले सेप्टेम्बर ( १८ ( असोज २ ) मा फिलिपिन्स र सेप्टेम्बर ( २१ ( असोज ५ ) मा हङकङसँग खेल्नेछ ।


