२७ भदौ, काठमाडौं । टर्कीमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धको विरोधमा प्रदर्शन भएको छ । राजधानी स्तानबुलमा मास्क नलगाइ गरिएको प्रदर्शनमा दुई हजार भन्‍दा बढीको सहभागिता रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । सरकारी प्रतिबन्धका कारण आफ्नो स्वतन्त्रताको हनन भएको भन्दै प्रदर्शनकारीले र्‍याली निकालेका हुन् । प्रदर्शनमा ‘मेरो शरीर मेरो निर्णय’, ‘स्वतन्त्रता स्वतन्त्र छैन’ लगायतका नारा लेखिएका प्लेकार्ड सहभागीहरुले बोकेका थिए  ।

प्रतिबन्धको सट्टा कोरोना संक्रमणविरुद्धको खोप अभियान तीव्र बनाउनुपर्ने माग गरेका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले कोरोना खोप नै अन्तिम विकल्प भए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पनि अनिवार्य लागू हुने जनाएको छ । टर्कीमा दैनिक करिब २३ हजार जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । -अनलाइनखबर बाट साभार

 

प्रतिक्रिया

सम्बन्धित खवर